सोलुखुम्बुको थामेमा बाढीले ५ घर बगायो

सोलुखुम्बु, १६ भदाै । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा अविरल वर्षासंगै आएकाे बाढीले ५ घर बगाएको छ ।

बाढीले थामे खोलाकाे धार परिर्वतन गरी बस्ती छिर्दा ५ वटा घर पूर्णरूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बाढीका कारण ६ वटा घर आंशिक क्षति पुगेको छ ।

खम्बु पासाङ गाउपालिकाले विज्ञप्ती जारी गर्दै बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएको जनाएको छ ।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हाल अविरल बर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगाएत सम्पुर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाइ सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।