प्रधानमन्त्री ओली थियानजिनकाे कार्यक्रम सकेर रेलमार्गबाट पुग्नुभयाे बेइजिङ
काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुग्नुभएकाे छ ।
चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनको कार्यक्रम सकाएर रेलमार्गबाट बेइजिङ पुग्नुभएकाे हाे ।
प्रधानमन्त्री ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गर्नुभएका छन्भने उहाँले राजधानी बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्नुहुनेछ ।