अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना नेपाली आइपुग्याे काठमाडौँ

काठमाडौँ, १९ भदौ । संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौँ आइपुगेका छन् ।

डिपोर्ट भएर नेपाल आउनेमा दुई जना महिला १७ जना पुरुष रहेकाे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएका छन् ।

उनीहरुलाई कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् ।