सुदूरपश्चिम रोयल्समा अष्ट्रेलियाका आक्रामक ब्याटर क्रिस लिन

काठमाडौँ, २० भदौ ।  सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

टी२० संरचनामा २९३ खल खेलेर ८,००० भन्दा बढी रन बनाएकार लिन आक्रामक ब्याट्सम्यान हुन् ।  उनले अष्ट्रेलियाका लागि १८ टी२० अन्तर्राष्ट्रिय र चार  एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।

लिन अष्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन्। उनीसँग इन्डियन प्रिमियर लिगसहित विश्वका धेरै फ्रेन्चाइज लिगमा समेत खेलिसकेको अनुभव छ ।

सुदूरपश्चिमका टिम मालिक स्वतन्त्र प्रताप शाहले बिग ब्यास लिगमा प्रतिष्ठा कमाएका अष्ट्रेलियाली खेलाडीलाई पहिलो संस्करणदेखि नै टिममा ल्याउने योजना थियो त्यसैले यसपटक क्रिस लिन टिममा सामेल भएकोमा खुशी छौँ, भन्नुभयो ।

लिनले पनि नेपाल प्रिमियर लिगमा खेल्न पाउँदा उत्साहित भएको र नेपालका क्रिकेटप्रेमीहरूको अगाडि र प्रतिभाशाली खेलाडीहरूसँग खेल्न पाउनु आफ्नो लागि पनि रोमाञ्चक हुने बताउनुभएको छ ।