काठमाडौंकाे चक्रपथ भित्र बिहान साढे ८ बजेबाट अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडौं, २४ भदाै । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले चक्रपथभित्र आज कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८:३० बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भागमा कर्फ्यू आदेश जारी गरिएकाे हाे ।

सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यू भएपछि थप तनावपूर्ण अवस्था सिर्जना हुन नदिन भन्दै कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएकाे छ ।