एसिया कपमा भारतको विजयी सुरुआत
दुबई, २६ भदौ । भारतले बुधबार राति संयुक्त अरब इमिरेट्स (युएइ)लाई सजिलै नौ विकेटले हराएर एसिया कपमा विजयी सुरुआत ग रेको छ ।
पहिले ब्याटिङ गरेको घरेलु टिम युएइ १३.१ ओभरमा ५७ रनमै अलआउट भएको थियो । भारतविरुद्ध कुनै पनि टिमले बनाएको यो सबभन्दा न्यून स्कोर हो । कुलदीप यादवले मात्र सात रनमा चार र शिवम दुबेले चार रनमा तीन विकेट हासिल गरे ।
भारतले ४.३ ओभरमै एक विकेटको क्षतिमा ६० रन बनाएर जित हात पार्यो । प्रारम्भिक ब्याट्सम्यान अभिषेक शर्मा १६ बलमा तीन छक्का र दुई चौकासहित ३० रन बनाएर आउट भए । अर्का प्रारम्भिक ब्याट्सम्यान शुभमन गिल २० रनमा अविजित रहे । कप्तान सुर्यकुमार यादवले दुई बलमा सात रनमा अविजित रहे ।
यसअघि, युएइका लाग अलिसन सराफुले सर्वाधिक २२ रन बनाएका थिए । यसैगरी कप्तान मोहम्मद वासिमको १९ रनको बनाए ।
समूह एमा भारत र युएइसहित पाकिस्तान र ओमान पनि रहेका छन् । ओमानको यो पहिलो एसिया कप हो । समुह बीमा अफगानिस्तान, बङगलादेश, श्रीलङ्का र हङकङ रहेका छन् ।