लिभरपुल र म्यान्चेस्टर सिटी विजयी

लन्डन, ३० भदौ । इङगलिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र लिभरपुलले जित हात पारेका छन् । म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई सजिलै ३–० ले पराजित गर्यो । लिभरपुलले भने बर्नलीविरुद्ध सङघर्षपूर्ण जित प्राप्त गर्यो ।

इन्जुरी समयमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि मात्र लिभरपुलले तीन अङ्क हासिल गर्न सकेको हो यस जितसँगै उपाधि रक्षा अभियानमा रहेको लिभरपुल चार खेलमा चार जितसहित अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । यसैगरी म्यान्चेस्टर डर्बीमा सिटीका लाग इर्लिङ हालान्डले दुई तथा फिल फोडेनले एक गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *