मन्त्रिपरिषद् बैठककाे निर्णय : असोज १ गते शोक दिवस बिदा, शहीद परिवारले १५ लाख पाउने

काठमाडौं, ३० भदौ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेका छन् ।
सरकारले आजको मन्त्रिपरिषद् बैठकमा असाेज १ गते शोक दिवस मनाउने निर्णय गरेका छन् भने जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्दै शहिद परिवारलाई जनही १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने निर्णय गरेको हो ।
बैठकले आन्दोलनमा भएका घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै क्षति भएको निजी तथा सार्वजनिक संरचनाको पुर्ननिर्माण गर्न पुर्ननिर्माण कोष स्थापना गर्ने र उक्त कोषमा रकम जम्मा गर्नका लागि सबैलाई आव्हान गर्ने बैठकले निर्णय भएको छ । बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाउने युवाको सम्झनामा जेनजी जागरण स्मारक पार्क निर्माण गर्ने योजना निर्माण गर्नका लागि शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।