यस वर्ष दशैंको टीका साइत ११ बजेर ५३ मिनेटमा
काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बडादशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।
यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज ६ गते सोमबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत रहेको समितिले जनाकारी दिएकाे छ ।
असाेज १६ गते विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको समितिले जनाएकाे छ ।
देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः५३ बजेको साइत दिइएको समितिले जनाएको छ ।