बिरामीको सुरक्षालाई प्राथमिकतामा राख्न आव्हान गर्दै विश्व विरामी सुरक्षा दिवस
काठमाडौँ, असोज १ । आज सेप्टेम्बर १७, विश्वभर ‘विश्व बिरामी सुरक्षा दिवस’ मनाइँदैछ । बिरामीको सुरक्षालाई विश्वव्यापी स्वास्थ्य प्राथमिकतामा राख्न तथा यसका लागि सबै राष्ट्र र अन्तर्राष्ट्रिय साझेदारहरूलाई सहकार्य सहकार्यका लागि आव्हान गर्नु दिवस मनाउनुको सन्देश हो ।
यस दिवसको मुख्य उद्देश्य बिरामीहरू, उनीहरूका परिवार, हेरचाहकर्ताहरू, समुदाय, स्वास्थ्यकर्मीहरू, स्वास्थ्य संस्थाका नेतृत्वकर्ताहरू र नीति निर्माताहरूलाई एकै ठाउँमा ल्याएर बिरामी सुरक्षाप्रतिको उनीहरूको प्रतिबद्धतालाई थप सुदृढ गर्नु हो ।