टोटनहामको विजयी सुरुआत

लन्डन, १ असोज । प्रिमियर लिग क्लब टोटनहामले पनि घरेलु मैदानमा स्पेनको भिलारियललाई १–० ले हराएर च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ । खेलको सुरुआतमै भिलारियलका गोलरक्षक लुइज जुनियरले आत्मघाती गोल गरेका थिए । सो खेलमा भिलारियलका मिडफिल्डर थोमस पार्टीविरुद्ध टोटनहामका समर्थकले नारा लगाए । आर्सनलका ३२ वर्षीय पार्टीमाथि बलात्कारको आरोपमा अदालतमा उपस्थित हुँदैछन् । आर्सनलको खेलाडी भएको समयमा यौन हिंसा गरेको आरोप पार्टीलाई लागेको छ ।