बागमतीका सभामुखले दिए राजीनामा
काठमाडाैं, १ असाेज । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्।
बुधबार उनले उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएका हुन् ।
‘कानुनअनुसार उपसभामुखलाई आजै राजीनामा बुझाएको छु,’ उनले भने। पाठकले नैतिकताका आधारमा राजीमामा बुझाइएकाे बताएका छन् ।
‘भर्खरै प्रदेशसभा भवन बनाएका थियौं। त्यो पनि २४ गते जल्यो। यो विषम् परिस्थितिकाबीच पदमा बसिराख्न नैतिकताले दिएन,’ उनले भने। प्रतिनिधिसभा विघटन भए पनि प्रदेश सभा र स्थानीय सरकार कायम रहन्छ।