नेपाली महिला क्रिकेट टिमले मलेसियासँग टि२० शृङ्खला खेल्ने
काठमाडौँ, ४ असोज । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टि२० शृङ्खला खेल्न भएको छ । क्वालाम्पुरमा हुने सो शृङ्खला आगामी अक्टोबर २ देखि ८ तारिखसम्म हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले जनाएअनुसार सो शृङ्खलाअघि मलेसया सुपर वुमन सिरिजमा नेपाली महिला खेलाडीहरुले खेल्नेछ । क्यानका अनुसार सो प्रतियोगतामा नेपालका १४ खेलाडी फरक पाँच टोलीबाट खेल्नेछन् । मलेसिया सुपर वुमिन सिरिज सेप्टेम्बर २४ देखि ३० तारिखम्म हुनेछ ।
क्यानले मलेसियाविरुद्धको शृङ्खलाका लाग १४ सदस्यीय टिमको पनि घोषणा गरेको छ । नेपाली टिममा कप्तान इदु वर्मा पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, रुबी पोद्दार, कविता कुँवर, रुबिना क्षेत्री र पुनरागमन गर्ने खेलाडीहरु सीता राना मग, सोमु विष्ट, रचना चौधरी, यशोदा विष्ट र सावित्री धामी छन् ।
नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ ।