लिभरपुल पाँचौँ जितसहित शीर्ष स्थानमा
लन्डन, ४ असोज । इङगलिस प्रिमियर लिगमा लिभरपुलले डर्बी म्याचनमा इभर्टनलाई २–१ ले हराएको छ । आफ्नै शहरको टिम इभर्टनवरुद्ध लिभरुलका लागि रायन ग्राभेनवर्च र ह्युगो इकिटेकेले गोल गरे । इभर्टनका इड्रिसा गुवेले एक गोल फर्काए ।
उपाधि रक्षा अभियानमा रहेको लिभरपुलको यो लगातार पाँचौ जित हो । चालू प्रिमियर लिगमा सुरुका पाँच खेल जित्ने लिभरपुल एक मात्र टम हो लिभरपुल १५ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । इभर्टनले पाँच खेलमा दुई जित, दुई हार र एक बराबरीमा खेलेको छ । खेलको १० औँ मिनेटमा मोहम्मद सलाहको पासमा नेदरल्यान्ड्सका रायन ग्राभेनवर्चले र २९ औँ मिनेटमा ग्राभनेवर्चको पासमा ह्युगो इकिटेकेले गोल गरेपछि लिभरपुलले जित प्राप्त गर्यो ।
खेलको ५८ औँ मिनेटमा इड्रिसा गुवेले गरेको गोलबाट इभर्टनले एक गोल फर्काए पन इभर्टनले लिभरपुललाई जितबाट वञ्चित पार्न सकेन । एजेन्सी