जेनजी आन्दाेलनमा लुटपाट र चोरी गर्ने तीन जना पक्राउ, अन्य पनि छन् प्रहरीकाे लिस्टमा

काठमाडौं, ४ असोज । जेनजीहरूले गरेकाे आन्दाेलनका क्रममा लुटपाट तथा चाेरी गर्ने धमाधम पक्राउ पर्न थालेका छन् ।

गत २३ र २४ गते भएको जेनजीहरूको आन्दाेलनकाे फाइदा उठाउँदै चाेरी तथा लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य पनि पहरीका लिस्टमा छन् ।

काठमाडौं महानगरपालिका–३० को रातोपुलस्थित एउटा घरमा ढुंगा, मुढा, तोडफोड र आगजनी गरेर नगद र सुनचाँदी चोरीमा संलग्न तीन जनालाई प्रहरीले आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका–३० का २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ का १८ वर्षीय अगम प्रजा रहेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर ढुंगा, मुढा, तोडफोड, आगजनी र चाेरीसम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।