सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ, ८ असाेज । सुनको मूल्यले नेपाली बजारमा बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो ।
यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो ।
त्यस्तै यसदिन चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार ७०० रुपैयाँ पुगेको हो । याे मूल्य चाँदीको हालसम्मकै उच्च हो ।