गृह मन्त्रालयद्वारा चाेरी तथा लुटिएका हातहतियार फिर्ता गर्न आग्रह

काठमाडौँ, १० असोज । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौँलगायतका मुलुकका विभिन्न भागबाट लुटिएकाे तथा चाेरीएकाे हातहतियार बुझाउन आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट लुतिएकाे हातहतियार र खरखजाना कही कसैले राखिरहेकाे भए नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउनुहुन अनुरोध छ ।

सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ । सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।