लिभरपुलको पहिलो पराजय

लन्डन, १२ असोज प्रिमियर लिगमा शनिबार राति उपाधि रक्षा अभियानमा रहेको लिभरपुलको शतप्रतिशतको जितको यात्रा सकिएको छ । इडि एनकितियाले इन्जुरी समयमा गोल गरेपछि क्रिस्टल प्यालेसले शीर्ष स्थानमा रहेको

लिभरपुललाई २–१ ले स्तब्ध बनायो । यखेलको नवौँ मिनेटमा इस्माइल सारले गोल गरेपछि क्रिस्टल प्यालेसले अग्रता बनाएको थियो । खेलको ८७ औँ मिनेटमा फेडेरका चिसाले गोल फर्काएपछि लिभरपुलले खेल बराबर गरेको थियो ।

लिभरपुलले सुरुका पाँच खेल जितेपछि हार वेहोरेको हो । यस नतिजासँगै क्रिस्टल प्यालेस अनपेक्षित तरिकाले दोस्रो स्थानमा उक्लेको छ । क्रिस्टल प्यालेस पछिल्ला १८ खेलमा पराजित भएको छैन ।