नयाँ कुमारी आर्यतारालाई तलेजुको दर्शन गराइयो
काठमाडौँ, १६ असोज । नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजुको दर्शनबाट जीवित देवी कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास गरिन्छ ।
वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्याइएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताउनुभयो ।
तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराउनुभएको हो ।