अविरल वर्षासंगै आएकाे बाढीपहिरोले ५२ जनाको मृत्यु, पाँच अझै बेपत्ता

काठमाडाैं, २१ असाेज । अविरल वर्षासंगै आएकाे बाढीपहिरोले हालसम्म ५२ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता भएका छन् ।

मंगलबार राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलनमार्फत मृत्यु हुनेमा सबैभन्दा धेरै इलामा ३७ जना रहेको जानकारी दिएका छन् ।

यस्तै मृत्यु हुनेमा पाँचथरमा एक र काभ्रेपलाञ्चोकमा एक जना रहेका छन्। उदयपुर दुई, धनुषा दुई, इलाम एक, पाँचथर एक, खोटाङ, मोरङ, सुनसरी, रौतहट र भोजपुरमा एक/एक जना रहेका छन्।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टकाअनुसार पहिरोमा परी ३९ जनाको मृत्यु भएको छ भने बाढीमा परेर ११ जनाको मृत्यु भएको छ।

यसैगरी चट्याङबाट रौतहटमा दुई जनाको मृत्यु भएको छ। हाल चार जना रसुवामा र इलाममा एक जना गरी ५ जना बेपत्ता रहेको जनाइएकाे छ । बाढीपहिरोमा परी ४७ जना घाइते भएका छन्।