माइतीघरमा प्रदर्शन गर्ने समूहका निकोलस भुसालसहित थप दुईजना पक्राउ

काठमाडौं, २३ असोज । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डा. निकोलस भुसाल र एसपी साह छन् । यसअघि प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । यो सँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।