नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढायाे
काठमाडौं, २४ असाेज । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर बढाएकाे छ ।
सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ किलोग्राम कायम गरिएको छ । यसअघि आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्राम मात्र थियो ।