स्कटल्यान्डका मुन्से विराटनगर किङसमा आवद्ध
काठमाडौँ, २६ असोज । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि विराटनगर किङसले स्कटल्यान्डका प्रमुख ब्याट्सम्यान जर्ज मुन्सेलाई आवद्ध गरेको छ ।
मुन्से विस्फोटक ब्याटिङका लागि चिनिने ब्याट्सम्यान हुन् । उनले स्कटल्याण्डका लागि ५० भन्दा बढी टि२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । विराटनगर किङसले उनको अनुभव र आक्रामक खेल शैलीले विराटनगर किङसको शीर्ष क्रमलाई थप बलियो बनाउने विश्वास गरेको छ । यसैगरी मुन्सको आगमनले टिममा नयाँ ऊर्जा र विश्वस्तरको ब्याटिङ थपिएको भनाइ पनि विराटनगर कङसको छ ।