यु१७ एसियन कप छनोटमा खेल्न नेपाली महिला टिम तयार

काठमाडौँ, २६ असोज । प्रशिक्षक चेतनारयाण श्रेष्ठले आयतबार नेपालको युवा महिला फुटबल टिम यु१७ महिला एसियन कप छनोटका लागि तयार भएको बताएका छन् ।

थाइल्यान्डमा हुने प्रतियोतिगामा नेपाल समूह एफमा तुर्कमिनिस्तान र थाइल्यान्डसँग रहेको छ । थाइल्यान्डको चोनबुरीमा भएको प्रिम्याच पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठले भने– थाइल्यान्ड र तुर्कमिनिस्तान राम्रा टिम हुन् । तर हामी आक्रामक फुटबल खेल्नेछौँ ।

तीन टोली मात्र रहेको यस समूहमा नेपालले आफ्नो पहिलो खेल बुधबार तुर्किनेस्तानसँग खेल्नेछ ।त्यसपछि शुक्रबार हुने दोस्रो खेलमा नेपालले घरेलु टोली थाइल्याण्डको सामना गर्नेछ ।

नेपालले यू–१७ महिला एसियन कप छनोट खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि नेपालले सन् २०१९ र २०२४ मा छनोट चरण खेलेपनि अन्तिम चरणमा पुग्न सकेको थिएन् ।

छनोटमा एसियाका २७ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । तीन समूहमा ४–४ तथा पाँच समूहमा ३–३ टोली छन् । हरेक समूहको विजेता अर्को वर्ष चीनमा आयोजना हुने एएफसी यू–१७ महिला एसियन कपका लागि छनोट हुनेछ ।