म्यान्चेस्टरको लगातार तेस्रो जित, लिभरपुलको लगातार चौथो हार
म्यान्चेस्टर, ९ कात्तिक । इङगलिस प्रिमियर लगमा म्यान्चेस्टर युनाइटेडले शनिबार राति ब्राइटनलाई ४–२ ले हराएर लगातार तेस्रो जित हात पारेको छ । यस नतिजासँगै म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा उक्लियो । म्यान्चेस्टरले सन् २०२४ फेबु्रअरीपछ पहिलो पटक लगातार तीन खेल जितेको हो ।
गत विजेता लिभरपुल भने ब्रेन्टफर्डसँग ३–२ ले हार्यो । लिभरपुलको यो लगातार चौथो हार हो । लिभरपुल छैटौँ स्थानमा छ । अर्को खेलम सन्डरल्यान्डले चेल्सीलाई उसकै मैदानमा २–१ ले हराएर दोस्रो स्थानमा उक्लियो । आर्सनल पहिलो र म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेका छन् ।
न्युक्यासलले अन्तिम मिनेटमा गोल गरी फुल्हमलाई २–१ ले हरायो । ब्रुनो ग्युमारेजले ९० औँ मिनेटमा निर्णायक गोल गरेका हुन् ।