बंगालको खाडीको चक्रवात ‘मोन्था’का कारण नेपालमा वर्षाको सम्भावना
काठमाडौँ, ११ कात्तिक । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’का कारण नेपालमा वर्षा हुने सम्भावना देखिएको छ ।
मौसम विभागका अनुसार, बंगालको खाडीमा विकसित भएको यो मौसमी प्रणाली पूर्वी नेपालमा प्रवेश गर्नेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार यो प्रणाली पूर्वी नेपालमा सक्रिय हुने अनुमान छ ।
यसको प्रभाव कोशी प्रदेशका साथै मधेश प्रदेश हुँदै मध्य नेपालसम्म पर्नेछ । जसले गर्दा ती क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।
