राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा
काठमाडौँ, ११ कात्तिक । राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आजदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हाे ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गर्नुभएको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा दिनुभएको जनाइएको छ ।