नेपाली बजारमा सुनको भाउ फेरी बढ्यो, चाँदीको मूल्य पनि वृद्धि
काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा आज सुनको भाउ पुन: बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको छ । अघिल्लो दिन २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको भाउ प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।