बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध, दुई राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौँ, १७ कात्तिक । बाढीपहिरोका कारण मुलुकका पाँच राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले वर्षाका कारण पाँच राजमार्ग पूर्णरूपमा अवरुद्ध तथा दुई राजमार्ग एकतर्फी सञ्चालनमा आएका जानकारी दिनुभयो ।

अवरुद्ध रहेका राजमार्गहरूमा सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल–चीन जोड्ने राजमार्ग, रसुवास्थित पासाङ ल्हामु सडक र मुस्ताङमा पर्ने जोमसोम–कोरोला सडकखण्ड रहेका छन् ।

यस्तै, बाढीपहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने कोशी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अन्य क्षेत्रमा पनि सडक अवरोधका समस्याहरू देखिएको र मर्मत कार्य जारी रहेको प्रहरीले जनाएको छ ।