जेनजीकाे आन्दाेलनमा संलग्न व्यक्ति कपन चाैकीबाट लुटिएका सामग्री र तरवारसहित पक्राउ

काठमाडाैं, २३ कात्तिक । नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

भदौ २४ गते प्रहरी प्रभाग कपनमा लुटपाट गरेको ट्र्याकसुट लगाएर हिँडेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आइतबार बिहान ७ बजे २२ वर्षीय अमृत साउँदलाई फेला पारेको थियो । अछाम मल्लेक गाउँपालिका-७ घर भएका उनी काठमाडौंको कपनमा बस्दै आएका थिए । प्रहरीको ट्र्याकसुट लगाएर हिँडिरहेको अवस्थामा फेला परेपछि प्रहरी उनको डेरामा पुगेको हो ।

डेरामा पुगेर तलासी लिँदा प्रहरी प्रभाग कपनबाट लुटिएका कम्प्युटर, सिपियू, प्रिन्टर, प्रहरीको रेनकोट, बुट र तरबार फेला परेको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।