सोमबार सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँ बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं, २४ कात्तिक । सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेकाे हाे ।

यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँ ताेलामा सुन कारोबार भएको थियो । पछिल्ला ५ दिनदेखि सुनको भाउ उकालो लागेको छ ।

असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँको नयाँ रेकर्ड बनेको थियाे ।
सोमबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०१५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँ बढेर ३०६५ रुपैयाँ पुगेको छ ।