सुन तोलामा एकैदिन घट्यो ६ हजार नाै सय रूपैयाँ , चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौँ, ३० कात्तिक। अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि यसको असर देखिएको छ। गत शुक्रबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा ६ हजार ९०० रुपैयाँले गिरावट आएको छ। आज एक तोला सुनको मूल्य २ लाख ४२ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार एक तोला सुन २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि १५० रुपैयाँले घटेको छ। आज चाँदी प्रति तोला ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सोही परिमाणको चाँदी ३ हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।