बंगालादेशमा अन्तरराष्ट्रिय मापदण्ड अनुसार श्रमिक अधिकार सुधार

काठमाडौँ, मंसिर २ । बङ्गलादेशको अन्तरिम सरकारले श्रमिक सङ्गठन (ट्रेड युनियन) गठन गर्ने नियमलाई सरलीकरण गरेको छ । सरकारी गेजेटमा सोमबार प्रकाशित सूचनाअनुसार, अब २० जनाभन्दा कम श्रमिक भएको समूहले पनि ट्रेड युनियन गठनका लागि आवेदन दिन सक्नेछ। यसअघि, युनियन बनाउनका लागि कम्तिमा २० प्रतिशत श्रमिकको समर्थन आवश्यक थियो ।

नयाँ आदेशअनुसार, घरायसी सहयोगीहरूलाई पहिलोपटक श्रमिकको रूपमा मान्यता दिइनेछ। साथै, गैर-नाफामूलक संस्थाका श्रमिकहरूले पनि आफ्नो श्रम अधिकार माग गर्न सक्नेछन् ।

यो सुधारले बङ्गलादेशमा लामो समयदेखि कडा नियम भएका ट्रेड युनियन गठन प्रक्रियामा सहजता ल्याएको छ, जहाँ हालसम्म दर्ता भएका धेरै युनियनहरू निष्क्रिय थिए । सरकारले हालै तीन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) कन्भेन्सन पनि अनुमोदन गरेको छ, जसले कार्यस्थलमा श्रमिकको अधिकार, सुरक्षा, तथा हिंसा र उत्पीडनबाट स्वतन्त्रता सुनिश्चित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *