जेन-जीको प्रदर्शनले सिमरा एयरपोर्ट तनावग्रस्त, आसपास कर्फ्यू आदेश
बारा, ३ मङ्सिर । नेकपा एमालेका नेता शंकर पोखरेल र महेश बस्नेत आउने सूचनापछि जेन-जी युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका छन् ।
जेन-जी युवाहरूकाे प्रदर्शनले स्थिति तनावग्रस्त बनेपछि बारा प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
सीडीओ धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशमा प्रदर्शन र झडपका कारण सरकारी सम्पत्ति, पदाधिकारी, सरकारी कार्यालय तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन गण्डक नहरदेखि-पथलैया सडकको दायाँबायाँ ५ सय मिटर र विमानस्थल वरपर ५ सय मिटरसम्म कर्फ्यू कायम गरिएको उल्लेख छ ।