जाँचबुझ आयोगले लियो मुख्यसचिव अर्यालसँग बयान, यही साता आवकाशमा जाने

काठमाडौँ, ५ मङ्सिर । जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न गठित आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग आज बयान लिएको छ।

मुख्यसचिव अर्याल यही साता आवकाश हुन लागेकाले पदमा रहँदै बयान लिइएको हाे । आयोगका अनुसार
अवकाशपछि बयान लिँदा सकारात्मक सन्देश नजाने भएकाले अहिले नै लिइएको जनाइएकाे छ ।

अर्याललाइ आयोगको कार्यालयमा नै बोलाएर आज भदौँ २३ र २४ को आन्दोलनका विषयमा केन्द्रित भएर बयान लिइएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।