हुम्लामा खर काट्न गएका तीन जना भालुको आक्रमणबाट घाइते

हुम्ला, ७ मङ्सिर । हुम्लाकाे सिमकोट गाउँपालिका-५, सिमस्थित खर काट्न गएका तीन जनालाइ भालुले आक्रमण गर्दा घाइते हुन पुगेका छन् ।

घाइते हुनेमा सिमकोट गाउँपालिका-५ का ५९ वर्षीय लक्ष्य रावत, ५५ वर्षीया बाचु रावत र रजनी रावत रहेका छन्। बाचु रावत र लक्ष्य रावत श्रीमान्-श्रीमती भएकाे प्रहरीले जनाएकाे छ ।

भालुको आक्रमणमा परी घाइते भएका उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

जिल्ला अस्पतालका अनुसार, लक्ष्य रावतको टाउकोमा, बाचु रावतको दाहिने हात र गालामा तथा रजनी रावतको छातीमा चोट लागेको छ।