हङ्कङमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु, सयौँ बेपत्ता
एजेन्सी, ११ मङ्सिर । हङ्कङमा भएको भीषण आगलागीमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ भने २७० भन्दा बढी मानिस बेपत्ता छन्। विगत ६० वर्षयताकै यो सबैभन्दा ठूलो आगलागी मानिएको छ। हजारौँ मानिसहरू आश्रयस्थलमा बस्न बाध्य भएका छन्।
ताइ पो इलाकास्थित वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा स्थानीय समय अनुसार दिउँसो २ बजेर ५१ मिनेटमा आगलागी सुरु भएको थियो। ८ वटा ३१-३१ तलाका अग्ला भवनहरूमध्ये सातवटा भवन यसबाट प्रभावित भएका छन्। सन् २०२१ को जनगणना अनुसार ती भवनहरूमा १,९८४ अपार्टमेन्ट र ४,६०० मानिस बसोबास गर्थे।
आगो लाग्न सुरु भएको घण्टौँपछि पनि आगो दन्किरहेको थियो, जसलाई निभाउन करिब ७६० अग्निनियन्त्रकहरू खटिएका छन्। हालसम्म तीन जनालाई पक्राउ गरिएको छ र घटनाको अनुसन्धान सुरु भइसकेको छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङले यस घटनामा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन्, जसमा एक अग्निनियन्त्रक पनि समावेश छन्।
भिडिओ क्याप्शन सुरु हुँदैछ,भिडिओ हेर्नुहोस् : बिहान सबेरै आकाशबाट खिचिएको भिडिओ
बुधवार स्थानीय समय दिउँसो २ बजेर ५१ मिनेट जाँदा ताइ पो इलाकास्थित वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा आगो लाग्न सुरु भएको थियो।
