उपत्यकामा वायु प्रदूषण बढ्दै

काठमाडाैं, ११ मङ्सिर । काठमाडौं उपत्यकामा जाडोयामको सुरुवातसँगै वायु प्रदूषण बढ्दै गएको छ।

जाडोयाममा वर्षाको मात्रा कम हुने र हावाको गति पनि कम हुने भएकाले सवारीसाधनको धुवाँ, सडकको धूलो, उद्योगधन्दाबाट निस्कने हानिकारक ग्यास तथा खेतबारीमा आगो बाल्ने जस्ता कार्यले प्रदूषणको मात्रा ह्वात्तै बढेको हाे।

उपत्यका वरपरका डाँडाहरूबाट हेर्दा काठमाडौंमाथि धूलो र धुवाँको बाक्लो तह स्पष्ट देख्न सकिन्छ, जसले वायुको गुणस्तरमा कमी आएकाे हाे । काठमाडौं उपत्यका यस याममा विश्वकै प्रदूषित सहरहरूमध्ये एक बन्ने पनि गरेको इतिहास रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *