श्रीलंकामा ‘दितवा’ तूफानको वितण्डा: १३२ को मृत्यु, आपतकाल घोषणा

 

कोलम्बो ।  श्रीलंकामा ‘दितवा’ नामक शक्तिशाली तूफानपछि आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विपद्मा परी हालसम्म १३२ जनाको मृत्यु भएको छ भने १७६ जना बेपत्ता भएका छन् ।

पछिल्लो आठ वर्षयताकै यो सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । विपद् व्यवस्थापन विभागका अनुसार १५ हजारभन्दा बढी घरहरू नष्ट भएका छन् भने ७८ हजार मानिस विस्थापित भई सरकारी शिविरमा आश्रय लिइरहेका छन् ।

बाढीपहिरोका कारण देशको एक तिहाइ भूभागमा विद्युत, खानेपानी र इन्टरनेट सेवा अवरुद्ध भएको छ । विशेषगरी बादुल्ला जिल्ला र क्यान्डी क्षेत्रमा सडक सञ्जाल विच्छेद हुँदा राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले देशमा आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् । उद्धारका लागि स्थल सेना, वायुसेना र नौसेना परिचालन गरिएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *