भारतको गोवास्थित नाइट क्लबमा भएकाे आगलागीमा चार नेपालीको पनि मृत्यु

एजेन्सी, २२ मङ्सिर । भारतको गोवामा रहेको ब्रिच बाइ रोमियो लेन नाइट क्लबमा आइतबार भएको भीषण आगलागीमा परी २५ जनाले ज्यान गुमाएका छन्। यस घटनामा चार जना नेपाली नागरिकले पनि ज्यान गुमाएको खुलेको छ।

सोमबार भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले सार्वजनिक गरेको मृतकको सूचीमा चार जना नेपाली चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीपकाेनाम उल्लेख छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले घटनामा नेपाली नागरिक परेको पुष्टि गर्नुभएको छ। उहाँले भन्नुभयो, “चार जना नेपाली नागरिक परेको दुखद खबर प्राप्त गरेका छौं। संवेदनशील अवस्थामा नयाँ दिल्लीस्थित दूतावासले स्थानीय प्रशासन तथा अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको छ। मृतकको थप विवरण लिने काम भइरहेको छ। हामी समन्वय गरिरहेका छौं।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *