कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नै पुनर्स्थापना गर्न सर्वोच्चको आदेश (परमादेशसहित) ; करीब ४ बर्षपछि हिटेन्द्रले न्याय पाए ।
काठमाडौँ, २२ मंसिर । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नै पुनर्स्थापना गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिन आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
जेनजी आन्दोलनपछि बनेकाे अन्तरिम सरकारले कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनाएसंगै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेर घिसिङका नजिक भएका मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो। सोही सरुवाविरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए।