एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सुरू

काठमाडौं, २८ मङ्सिर । नेकपा एमालेकाे ११ औँ महाधिवेशनको बन्द सत्र शुरू गर्नुअघि भृकुटीमण्डपमा केन्द्रीय कमिटी बैठक बसेको छ । १०औँ महाधिवेशनबाट चुनिएको एमाले केन्द्रीय कमिटीकाे यो अन्तिम बैठक हो ।

अध्यक्ष केपी शर्मा ओली भर्खरै आइपुगेको बताउँदै उपमहासचिव प्रदीप ज्ञवालीले बैठक सुरू भएको बताए ।

बैठक सकेर मात्र बन्द सत्र सुरू हुनेछ । त्यसका लागि कम्तीमा १ बज्ने ज्ञवालीले बताए । बैठकमा केही जरुरी विषयमाथि गम्भीर तथा विस्तृतमा छलफल गर्नुपर्ने कारण बैठक लम्बिने सम्भावना रहेको उहाँको भनाइ छ ।