महासचिवसँगै केन्द्रीय सदस्य पद पनि गुमाए सुरेन्द्र पाण्डेले
काठमाडौँ, ४ पुस । नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा महासचिव पदमा पराजित नेता सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित हुनुभएको छ ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा महासचिव पदमा शङ्कर पोखरेलसँग पराजित हुनुभएका पाण्डेले खुला केन्द्रीय सदस्यतर्फ पनि जित हासिल गर्न नसक्नुभएको हो ।
यससँगै उहाँले महाधिवेशनमा प्रतिस्पर्धा गरेका दुवै पद गुमाउनुभएको छ ।