सुनको मूल्य तोलामा २ हजारले घट्यो, चाँदी पनि ओरालो लाग्यो
काठमाडौँ, ४ पुस । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुन २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार हालसम्मकै उच्च मूल्य (४ हजार ८५ रुपैयाँ) कायम गरेको चाँदी आज तोलामा ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।