राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारीमा

 

काठमाडौं, एजेन्सीहरुको सहयोगमा । अमेरिकी हस्तक्षेपपछि भेनेजुएलाको राजनीतिमा उथलपुथल आएको छ । अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेपछि त्यहाँको राजनीतिमा उथलपुथल आएको हो । त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएर अमेरिकाले न्यूयोर्कको एक हिरासतमा राखेको छ । उनलाई नियन्त्रणमा लिएसँगे भेनेजुएलामा अस्थिरता छाएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत भेनेजुएलामाथि आफ्नो देशले आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिइएको बताउँदै आएका छन् ।
यतिसम्म की मदुरो र उनकी पत्नीलाई न्यूयोर्क ल्याइँदै गरिएको तस्बिर समेत सामाजिक सञ्जाल ट्रूथ मार्फत् सार्वजनिक गरेर उनले आफ्नो बहादुरी देखाउन खोजेका थिए । उनले युद्धपोतभित्र आँखामा पट्टी बाँधिएको अवस्थामा मदुरोको तस्बिर सार्वजनिक गरेपछि धेरैले ट्रम्पको आलोचना गरेका छन् ।

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई लागुपदार्थ र आतङ्कवादको मुद्दा चलाइने अनुमान गरिएको छ । मदुरोलाई नियन्त्रणमा लिएपछि कराकासस्थित भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेस देशको सर्वोच्च नेता रहने आदेश जारी गरेको थियो । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी अब उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *