खाडी क्षेत्रमा इरानी आक्रमण पुनः तीव्र, अमेरिकी सैन्य अखडा निशानामा
एजेन्सी, २ मङ्सिर । अखडालाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । बहराइन र कुवेतले आफ्ना हवाई प्रतिरक्षा प्रणालीले ती आक्रमण विफल पारेको जनाएका छन् ।
इरानले कुवेतस्थित अली अल–सलेम हवाई अखडामा रहेको अमेरिकी प्याट्रियट प्रतिरक्षा प्रणाली तथा ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण स्थललाई निशाना बनाएको जनाएको छ । त्यस्तै, बहराइनको शेख इसा सैन्य अखडामा रहेको अमेरिकी राडार प्रणालीलाई पनि ड्रोनमार्फत लक्षित गरिएको इरानी रिभोलुसनरी गार्ड्सको दाबी छ ।
अमेरिकाले भने इरानी सैन्य संरचनामाथिको आक्रमणलाई आफ्ना सैनिक तथा सैन्य सम्पत्तिमाथि भएका हमलाको जवाफ भएको बताएको छ । यसैबीच, साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले रियाद क्षेत्रमा प्रहार गरेको क्रुज क्षेप्यास्त्र रोकेको जनाएको छ ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध खाडी क्षेत्रमा फैलिँदै गएको छ । हर्मुज जलघाँटीमा जहाजको आवागमनलाई लिएर अमेरिका र इरानबीच तनाव कायम छ । अमेरिकी सेनाले उक्त जलमार्ग हुँदै आवतजावत गर्ने जहाजलाई सुरक्षा प्रदान गरिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामा ‘डर्टी बम’ प्रयोग गर्ने सम्भावित योजनासम्बन्धी खबरलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । इरानले भने उक्त आरोप अस्वीकार गरेको छ ।
क्षेत्रीय तनाव बढिरहेका बेला अमेरिकाले खाडी क्षेत्रमा विमानवाहक युद्धपोतको सङ्ख्या तीन पुर्याएको छ । यसै साता चीनमा हुने ट्रम्प, सी चिनफिङ र भ्लादिमिर पुटिनबीचको प्रस्तावित त्रिपक्षीय बैठकमा इरान युद्धबारे पनि छलफल हुने ट्रम्पले बताएका छन् ।
