नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस, रामप्रकाश शाह एक नम्बरमा (सूचीसहित)

काठमाडौँ, २४ पुस । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बुधबार बसेको बैठकले रिक्त रहेका पदहरूमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको सूचना अनुसार, एसएसपी बढुवाको प्राथमिकता सूचीमा पहिलो नम्बरमा नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत एसपी रामप्रकाश शाह रहेका छन्।

त्यसैगरी, सूचीको दोस्रो नम्बरमा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी, काठमाडौँमा कार्यरत एसपी भुवनेश्वरी तिवारी रहेकी छन्।

बढुवाका लागि सिफारिस भएका एसपीहरूको नामावली:
१. रामप्रकाश शाह
२. भुवनेश्वरी तिवारी
३. ऋषिराम काफ्ले
४. श्याम सिंह चौधरी
५. नकुल पोखरेल
६. दिलिप घिमिरे
७. पदमबहादुर विष्ट
८. योगेन्द्र सिंह थापा
९. सुवासचन्द्र बोहरा
१०. सुरेश काफ्ले
गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ को नियम अनुसार योग्यता र कार्यक्षमताका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको जनाएको छ। सिफारिस गरिएका उम्मेदवारहरू विरुद्ध कुनै उजुरी नपरेमा उनीहरूलाई केही दिनभित्रै एसएसपी पदको दर्ज्यानी चिह्न प्रदान गरिनेछ।