काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी

काठमाडौँ, १५ माघ । काठमाडौँको मुख्य व्यापारिक केन्द्र दरबारमार्गमा रहेको उडल्याण्ड होटलमा आगलागी भएको छ ।

आज (बिहीबार) बिहान करिब १०ः१५ बजे होटलमा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो निभाउनका लागि घटनास्थलमा नेपाल प्रहरीको टोली र दमकलहरू खटिएका छन् ।

आगलागी कसरी सुरु भयो भन्ने कारण भने हालसम्म खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।