बालेनसंग चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं, १८ माघ। अछाममा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।

ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो ।

सिटौला चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्षसमेत हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाहकाे अछाममा चुनावी प्रचारमा सहभागी भइरहेका बेला सिटौला एक्कासी बेहोस भएका थिए ।

त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।