इरान–अमेरिका तनाव: खामेनीद्वारा क्षेत्रीय युद्धको चेतावनी, वार्ताको प्रयास पनि जारी

एजेन्सी, १९ माघ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिनुभएको छ।

अमेरिकी सैन्य गतिविधिका बीच खामेनीले अमेरिकाको धम्कीबाट इरान नतर्सिने स्पष्ट पार्नुभएको हो।

यता, इरानको पारमाणविक कार्यक्रमलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएपछि खाडी क्षेत्रमा तनाव बढेको छ। यसै सन्दर्भमा नेपाल सरकारले नेपाली नागरिकहरूलाई इरान भ्रमण नगर्न र त्यहाँ रहेकालाई फर्कन आग्रह गरेको छ।

तनावका बीच कतारको पहलमा कूटनीतिक वार्ता भइरहेको समाचारहरू पनि सार्वजनिक भएका छन्। इरानी अधिकारीहरूले बाहिर हल्ला भएजस्तो युद्धको अवस्था नरहेको र वार्ताको वातावरण बनिरहेको दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *